न्यूजिल्याण्डको दुई मस्दिजमा आक्रमण, २७ जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

न्यूजिल्याण्डको दुई मस्दिजमा आक्रमण, २७ जनाको मृत्यु


प्रशासन संवाददाता

१ चैत्र २०७५, शुक्रबार


काठमाडौं । न्यूजिल्याण्डको क्राइस्टचर्चमा अवस्थित दुई वटा मस्जिदमा अज्ञात समूहले आक्रमण गरेको छ । गोलाबारीमा धेरै हताहत भएको अनुमान गरिएको छ। यहाँको अल नूर र एक अर्को मस्दिजमा गोलाबारी भएको बताइएको छ।

प्रत्यक्षदर्शीले गोलीबारीपछि अल नूर मस्जिदमा रक्ताम्य भएर धेरै जना भूइँमा लडेको देखेको बताएका छन्।

डेलीमेलले २७ जनाको मृत्यु भएको जनाएको छ। अझै मृतकको संख्या एकीन हुन नसकेको सरकारी अधिकारीले जनाएका छन्।

मस्जिदमा आज जुमेको नमाज थियो । त्यही बेला आक्रमण भएको हो ।

प्रहरी अधिकारी माइक बुसका अनुसार गोलाबारी गर्ने मध्यका एक व्यक्तिलाई हिरासतमा लिइएको छ। उनले भने, ‘अहिले यस घटनामा को को संलगन् थिए भन्ने बारे अनुसन्धान भइरहेको छ।’

न्यूजील्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डर्नले देशका नाममा सम्बोधन गर्दै न्यूजील्यान्डको अहिलेसम्मकै कालोदिन भएको बताएका छन्।

उक्त एरियाका अस्पताल र स्कुल बन्द गर्न लगाइएको छ।

प्रतिक्रिया दिनुहोस