क्याम्पस प्रमुखमा ३३ प्रतिशत महिला प्राध्यापक हुनुपर्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

क्याम्पस प्रमुखमा ३३ प्रतिशत महिला प्राध्यापक हुनुपर्ने


३० फाल्गुन २०७५, बिहिबार


काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसको नेतृत्व तहमा ३३ प्रतिशत महिला प्राध्यापक हुनुपर्ने माग गरिएको छ । महिला प्राध्यापकले यहाँ आज पत्रकार सम्मेलन गरी विश्वविद्यालयअन्तर्गतका ६१ वटा आङ्गिक क्याम्पसमध्ये २० वटा क्याम्पसको क्याम्पस प्रमुख महिला प्राध्यापक हुनुपर्ने माग गरेका हुन् ।

प्रा मनसा थापा ठकुरीले संविधानमा उल्लेख गरिएको राज्यका हरेक संरचनामा ३३ प्रतिशत महिला सहभागितालाई कार्यान्वयन गर्दै विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा पनि प्रमुखमा महिला हुनुपर्नेमा जोड दिए ।

प्राध्यापक संघ (पद्ममकन्या क्याम्पस) का सदस्य कल्पना श्रेष्ठले विश्वविद्यालयअन्तर्गतका क्याम्पसको प्रमुखमा ३३ प्रतिशत महिला प्राध्यापक राख्नुपर्ने माग गर्दै पटकपटक ध्यानाकर्षण गराउँदासमेत सम्बन्धित निकायबाट सुनुवाइ नभएको भन्दै गुनासो गरे ।

एक महीनादेखि क्याम्पस प्रमुखको पद खाली भएको पद्ममकन्या क्याम्पसका प्राध्यापकले सो पदमा महिला प्राध्यापक हुनुपर्ने माग गर्दै संघर्षका कार्यक्रम गर्दै आएका छन् । प्रा विमला नेपालले क्याम्पस प्रमुखमा महिला प्राध्यापक सुनिश्चित गर्नका लागि महिला प्राध्यापकले नै दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस