तीस हजार घुससहित वन अधिकृत नियन्त्रणमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तीस हजार घुससहित वन अधिकृत नियन्त्रणमा


३० फाल्गुन २०७५, बिहिबार


अख्तियार

काठमाडौं । कैलालीबाट तीस हजार घुससहित वन अधिकृत पक्राउ परेका छन् । कैलालीको सव डिभिजन वन कार्यालयबाट सहायक वन अधिकृत भरत शाह पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सहायक वन अधिकृतसँगै मध्यस्तकर्ताको काम गर्ने पुष्प जोशीलाई पनि नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई सेवा ग्राहीसँग अनुसन्धान भइरहेको मुद्दाको मिसिल सामान्य बनाइदिन्छु भनि घुस माग गरेको उजुरीको आधारमा नियन्त्रणमा लिइएको बताइएको छ ।

निज दुबै जनालाई तीसहजार घुससहित अख्तियारको नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार सहायक प्रवक्ता एवं उपसचिव मदन कोइरालाले जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस