मुलुकमा अराजक गतिविधि गर्नेले छुट नपाउने : मन्त्री पण्डित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मुलुकमा अराजक गतिविधि गर्नेले छुट नपाउने : मन्त्री पण्डित


३० फाल्गुन २०७५, बिहिबार


जनकपुरधाम । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कुनैपनि बाहानामा अराजक गतिविधि गर्नेलाई छुट नदिइने बताएका छन् ।

जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पण्डितले मुलुकमा शान्ति र विकास चाहिएकोले कुनै बहाना बनाई अराजक गतिविधि वा हिंसा गर्न खोज्नेलाई छुट नदिइने बताएका हुन् ।

उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले संविधान विपरित गतिविधि गरेकाले संगठनमाथि प्रतिबन्ध लगाएको बतए । उनले भने, ‘विप्लव नेतृत्वले नत संविधान विपरितका गतिविधि त्याग्न चाहेको छ,न त सरकारसँग वार्ता गर्न नै चाहेको छ, उनी माथि सरकारले बाध्य भएर प्रतिबन्ध लागउनु परेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस