मृगौला सुरक्षाका लागि खानपान र शारिरीक व्यायाममा ध्यान दिनुपर्ने : प्रधानमन्त्री ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मृगौला सुरक्षाका लागि खानपान र शारिरीक व्यायाममा ध्यान दिनुपर्ने : प्रधानमन्त्री ओली


३० फाल्गुन २०७५, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौला सुरक्षाको लागि खानपान र शारिरीक व्यायाममा ध्यान दिनु पर्ने बताएका छन् ।

विश्व मृगौला दिवशको अवसरमा त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा आयोजित विश्व मृगौला दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग, फिजिसियन फर सोसियल रेस्पोनसविलिटी नेपाल र स्वतन्त्र विद्यार्थी युनियनले विश्व मृगौला दिवसको आयोजना गरेको हो ।

विश्व स्वास्थ्य संगठनले मार्च १० लाई बिश्व मृगौला दिवसको रुपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो । आज नेपालमा पनि बिभिन्न चेतनामूलक कार्यक्रम गरी मृगौला दिवश मनाइँदैछ ।

दिवसको यस वर्षको नारा ‘मृगौला रोग र बालबालिका, मृगौला रोग नियन्त्रणमा तत्काल सक्रिय बनौं’ रहेको छ । केही बर्षयता संसारभर मृगौला रोगीहरुको संख्या बढ्दै गएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस