नमूना विद्यालयको रुपमा विकसित हुँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नमूना विद्यालयको रुपमा विकसित हुँदै


प्रशासन संवाददाता

२९ फाल्गुन २०७५, बुधबार


School

धम्वोजी । बर्दिया मधुवन नगरपालिका–४ ढोढरीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पछिल्लो समय नमूना विद्यालयको रुपमा विकसित हुँदै गएको छ ।

एक हजार ७०० विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा अङ्ग्रेजी र नेपाली दुवै भाषाको माध्यमबाट पढाइ हुने गरेको छ । सो विद्यालयमा प्राविधिक शिक्षातर्फ सव ओभरसियर, सिभिल इलेक्ट्रिकलको समेत पढाइ हुने गरको नगरपालिकाका प्रमुख कृष्ण केसीेले बताए ।

आगामी शैक्षिक सत्रदेखि कक्षा नौ देखि नै सीपमूलक शिक्षा प्रदान गर्ने सो विद्यालयका प्रधानाध्यापक पूर्णचन्द्र पोखरेल बताए । सीपमूलक शिक्षा कार्यक्रमअन्तर्गत एक जना विद्यार्थीलाई हप्तामा १५ घण्टा काम गर्न प्रोत्साहान गर्ने र १ घण्टाको रु ७५ पारिश्रमिकसमेत दिइने योजना रहेको उनले बताए ।

विद्यालयले २० बिघा क्षेत्रफलमा तरकारी खेती गर्ने योजना रहेको प्रअ पोखरेलले बताए ।

टाढाका विद्यार्थीलाई खानबस्नका लागि विद्यालय प्रशासनले होस्टेलको व्यवस्था गरेको छ । । नेकपाका स्थानीय नेता सुरेश पन्तले आगामी दिनमा यस विद्यालयमा विज्ञान विषयको अध्यापन गराइने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस