सुदीपले लिएर आए ‘पहिलो माया'(भिडियो सहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुदीपले लिएर आए ‘पहिलो माया'(भिडियो सहित)


प्रशासन संवाददाता

२९ फाल्गुन २०७५, बुधबार


काठमाडौं । नेपाली गीत संगीतको क्षेत्र हरेक दिन बिस्तारै बिस्तार र विकशित हुँदै छ । नयाँ कलाकारको आगमन र नयाँ प्रयोगका गीत संगीतले अझ स्तरीय गीत संगीत सार्वजनिक हुँदै छ्न्। राम्रो लेख्ने र राम्रो संगीत भर्ने सर्जकहरु पनि दिनानुदिन यो क्षेत्रमा प्रवेश गर्दै छन् ।

गीत संगीतमा अत्यन्त रुचि राख्ने सुदिप लम्सालले आफ्नो पहिलो गीत  ‘पहिलो माया’ सार्वजनिक गरेका छ्न। स्लो रोमान्टिक भर्सनको गीतको लिरिकल भिडियो सुदिपको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

यस गीत स्वर र संगीत कमल खत्रीको रहेको छ भने शब्द सुदिप लम्सालको रहेको छ। गीतको एरेन्जमेन्ट रिकेश गुरुङले गरेको हुन्। गीतको अफिसिएल म्युजिक भिडियो चाडै नै सार्वजनिक हुँदै छ।

हेर्नुस् भिडियो सहित:

Tags :
प्रतिक्रिया दिनुहोस