नागरिकता लिन गाउँ नै उल्टिएपछि….. « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नागरिकता लिन गाउँ नै उल्टिएपछि…..


प्रशासन विशेष ब्युरो

२९ फाल्गुन २०७५, बुधबार


नागरिकता

काठमाडौँ । नागरिकता शिविरका क्रममा सिङ्गो गाउँ नै उल्टिएर आएपछि नागरिकता वितरण गर्न खटिएको टोलीलाई हम्मे हम्मे परेको छ ।

घरदैलोमा पुगेर सेवा दिने उद्येश्यले जिल्ला प्रशासन कार्यालय बझाङले गत शनिवारदेखि जिल्लाका विभिन्न गाउँपालिकामा सुरु गरेको नागरिकता शिविरका क्रममा वित्थड चिर गाउँपालिकाको देउलेखमा सोचेभन्दा धेरै नागरिकहरू नागरिकता लिन आएपछि टोलीलाई सम्हाल्न मुस्किल भएको हो ।

‘दुई तीन सय नागरिकता वितरण होलान् भन्ने सोचेका थियौँ ‘सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले भने, ‘तर सोचे भन्दा निकै धेरै नागरिकता लिन आएपछि भिड थेग्नै मुस्किल छ ।’

जोशीका अनुसार दुई बजेसम्म मात्रै १ सय ५० वटा नागरिकता वितरण गरी सकिएको र प्रत्येक वडाबाट एक सय देखि एक सय ५० सम्म सिफारिस लिएका छन् । उक्त गाउँ पालिकामा ९ वटा रहेका छन् ।

थलारा गाउँपालिकाबाट चिर वित्थड पुगेको टोली दुई दिनका लागि खटिएको भएपनि नागरिकता लिनेको भीड लागेपछि केही थप हुने सप्रजिअ जोशीले बताए ।

बैतडी जिल्लासँग जोडिएको उक्त गाउँपालिका सदरमुकामबाट निकै टाढा रहेका कारण पनि नागरिकता लिन सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस