प्रशासन फलो अप : तामाकोसी ‘सेटिङ’बारे छानबिन हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रशासन फलो अप : तामाकोसी ‘सेटिङ’बारे छानबिन हुने


प्रशासन विशेष ब्युरो

२९ फाल्गुन २०७५, बुधबार


तामाकोसी

काठमाडौँ । राष्ट्रिय गौरवको अपर तामाकोसी आयोजनामा कर्मचारीको सेटिङ तथा अनियमितताबारे छानबिन हुने भएको छ ।

आयोजनाको लागत दोब्बर भन्दा बढी नाघ्नुका साथै कहिले सम्पन्न हुने भन्नेबारेसमेत अझै अन्यौलता आउनुमा कर्मचारीको सेटिङ पनि एक प्रमुख कारण रहेको बारे प्रशासन डटकमले समाचार प्रकाशन गरेको थियो ।

आयोजनामा दशौँ वर्षदेखि एउटै कर्मचारी कार्यरत छन् भने दशौँ वर्ष आयोजनामा काम गरीसकेपश्चात अनिवार्य अवकाश भइसकेका कर्मचारीसमेत परामर्शदाताको रूपमा राखिएको छ । त्यति मात्रै होइन प्राधिकरणको नियमभन्दा बाहिर गई विशेष अधिकार प्रयोग गरी सकिनै लाग्यो भनिएको आयोजनाबाट कर्मचारीलाई काठमाडौँमा राखेर अध्ययन गराई रहेका विषय पनि उठाएको थियो ।

सम्बन्धित समाचार : राष्ट्रिय गौरवको तामाकोसीमा कर्मचारी ‘सेटिङ’ : लागत दोब्बर, आयोजना अनिश्चित

समाचार प्रकाशन पनि प्राधिकरणको ध्यानाकर्षण भएको र केही दिन भित्रै छानबिन प्रक्रिया सुरु हुने प्राधिकरणका प्रशासन प्रमुख तुलाराम गिरीले बताएका छन् ।

‘समाचारमा आएका विषयमा हाम्रो ध्यानाकर्षण भएको छ,’ गिरीले भने, ‘एमडी साप आउनु भएपछि इन्भेष्टिकेसन गर्छौ ।’

उनले नेपाल सरकारको स्वामित्व रहेका कम्पनीहरू इन्फोमेटिभ हुनुपर्ने आवाज धेरै ठाउँबाट उठिरहेको बताउँदै तामाकोसी आयोजनाको बारे यथार्थ जानकारी छानबिन पछि सार्वजनिक गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस