साफ महिला फुटबल प्रतियोगिता : अध्यक्ष दाहाल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

साफ महिला फुटबल प्रतियोगिता : अध्यक्ष दाहाल


प्रशासन संवाददाता

२८ फाल्गुन २०७५, मंगलबार


विराटनगर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकूदको संस्थागत रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

अखिल नेपाल फुटबल संघद्वारा विराटनगरको शहीद रङ्गशालामा आयोजित महिला साफ फुटबल च्याम्पियनसीप प्रतियोगिताको उद्घाटन समारोहमा उनले सरकारले स्थानीय तहबाटै खेलकूदको जग बसाल्ने गरी योजना अघि बढाउने बताए ।

अध्यक्ष दाहालले नेपालमा पहिलो पटक भइरहेको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताले विराटनगरको मात्र नभई देशकै गौरव बढेको छ भने । उनले राष्ट्रिय एकता बलियो बनाउन र स्वास्थ्यको लागि पनि खेलकूदको ठूलो भूमिका छ भने ।

अध्यक्ष दाहालले नेपाली महिला फुटबल खेलाडीले आफूलाई शक्तिशाली बनाउन खेलमा अझै सुधार गर्दै जानुपर्ने सुझाव दिए ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन वटै सरकारको प्राथमिकतामा खेलकूद रहेको छ भने ।

उनले विराटनगरलाई खेलकूदको राजधानी बनाउने योजनासाथ अधि बढ्ने दृढता व्यक्त गरे । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले यो प्रतियोगिता विराटनगरमा हुनु नै ठूलो उपलब्धी हो भने ।

आयोजक संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबल जस्ता खेलले देशको प्रतिष्ठा बढाउन र खेलाडीलाई व्यावसायिक बन्न मद्दत गरिरहेको छ भने ।

आजको उद्घाटन खेलमा नेपालले भुटानलाई शून्यका विरुद्ध ३ गोलले पराजित गर्‍यो । भोलिको खेल भारत र माल्दिभ्सबीच हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस