नेकपा नेतृ शान्ता चौधरी अचानक बेहोस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेकपा नेतृ शान्ता चौधरी अचानक बेहोस


प्रशासन संवाददाता

२८ फाल्गुन २०७५, मंगलबार


काठमाडौं । नेकपाकी नेतृ शान्ता चौधरी अचानक बेहोस भएकी छन् । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा संसदीय दलकी प्रमुख सचेतक चौधरी गृह जिल्ला दाङमा बेहोस भएकी हुन् ।

दाङको तुल्सीपुरस्थित उच्च सरकारी वकिल कार्यालयको भवन उद्घाटनको कार्यक्रममा नेतृ चौधरी बेहोस भएको बताइएको छ । सांसद चौधरीले मन्तव्य राखेर सिटमा फर्किएपछि बेहोस भएको जनाइएको छ ।

बेहोस भएपछि उनलाई अस्पतालमा उपचारका लागि लगिएको र उपचारपछि होस खुलेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस