१ सय ४८ मेगापिक्सेल क्यामरा भएको स्मार्टफोन आउँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

१ सय ४८ मेगापिक्सेल क्यामरा भएको स्मार्टफोन आउँदै


प्रशासन संवाददाता

२८ फाल्गुन २०७५, मंगलबार


क्वालकोम कम्पनीले १४८ मेगा पिक्सलको क्यामरा भएको स्मार्टफोन ल्याउने तयारीमा लागेको छ । अब छिट्टै सो कम्पनीले नयाँ मोबाइल सेट बजारमा ल्याउने छ । कम्पनीको पछिल्लो रिपोर्ट अनुसार नयाँ संस्करणको स्नापड्रागन मोबाइल चिपसेट क्यामरा स्पेसिफिकेसन विवरण अपडेट भएको छ ।

१ सय ९२ मेगापिक्सेल सेन्सर सपोर्ट गर्ने चिपसेटको लिस्टमा क्वालकोम स्नापड्रागन ६७०, क्वालकोम स्नापड्रागन ६७५, क्वालकोम स्नापड्रागन ७१०, क्वालकोम स्नापड्रागन ८४५ तथा क्वालकोम स्नापड्रागन ८५५ को नाम सामेल छ । त्यसबाट पनि के प्रष्ट हुन्छ भने यी चिपसेटबाट चल्ने स्मार्टफोनहरुको क्यामरा छिटै नै १ सय ९२ मेगापिक्सेल क्षमताको हुनेछ ।

तत्काल क्वालकोम चिपसेटले १ सय ९२ मेगापिक्सेल क्यामरा सेन्सर सपोर्ट गरेता पनि बजारमा कुनै पनि १ सय ९२ मेगापिक्सेल क्यामरा सेन्सर उपलब्ध छैन ।

क्वालकोमले सार्वज्निक गरेको चिपसेटको नयाँ स्पेसिफिकेसन्स विवरणमा सिंगल तथा डुअल क्यामराको क्षमतालाई छुट्टाछुट्टै रुपमा उत्कृष्ट ढंगले पेश गरिएको छ । यसमा स्लो मोसन रेकर्डिङ्ग लिमिट्स तथा हाइब्रिड अटोफोकस जस्ता कैयन् फिचर्स पनि रहेको प्रष्ट हुन्छ । यतिमात्र होइन अपडेटेड स्पेसिफिकेसनको सूचीमा फ्रेमरेट, मेगापिक्सेल, कोडेक सपोर्ट तथा रिजोलुसन लिमिटेन्स जस्ता कैयन् फिचर्सका बारेमा पनि जानकारी दिइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस