राउतसँग गरेको ११ बुँदे सम्झौता विरोधाभासपूर्ण, अमूर्त र रहस्यमय : कमल थापा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राउतसँग गरेको ११ बुँदे सम्झौता विरोधाभासपूर्ण, अमूर्त र रहस्यमय : कमल थापा


प्रशासन संवाददाता

२८ फाल्गुन २०७५, मंगलबार


बुटवल । राप्रपाका अध्यक्ष कमल थापाले सिके राउतसँग गरेको ११ बुँदे सम्झौता विरोधाभासपूर्ण, अमूर्त र रहस्यमय रहेको बताएका छन् । मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा बुटवल पुगेका अध्यक्ष थापाले पत्रकार भेटमा बोल्दै सो कुरा बताएका हुन् ।

उनले भने, ‘राउतको फेसबुक स्ट्याटस् र जनकपुरको प्रदर्शनले पनि सहमति रहस्मय रहेको पुष्टि गरेको छ ।’ थापाले जनकपूरमा सिके राउत समर्थकले गरेको प्रदर्शन आपत्तिजनक भएको बताए । ‘सीके राउतले विखण्डनकारी माग यथावत् राखिरहँदा पनि सरकार मुकदर्शक देखिएको छ’,उनले भने, ‘राउतलाई समातेर सरकारले तत्काल कारबाही गरोस् ।’

दिल्लीको १२ बुँदे समझदारीपछि बढेको बाह्य हस्तक्षेपले अहिले राष्ट्रिय अखण्डता र सार्वभौमिकतामाथि नै खतरा पैदा गराएको थापाको भनाइ छ । उनले आफ्ना मागहरु सम्बोधन नभए चैतदेखि जनसंघर्षमा जाने चेतावनी समेत सरकारलाई दिए ।

प्रतिक्रिया दिनुहोस