विप्लवका दुई कार्यकर्ता पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विप्लवका दुई कार्यकर्ता पक्राउ


प्रशासन संवाददाता

२८ फाल्गुन २०७५, मंगलबार


पक्राउ

दाङ । रुकुम पश्चिममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई कार्यकर्ता पक्राउ परेका छन् । राप्ती बन्दका क्रममा विद्यालयको बस तोडफोड गरेको आरोपमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका हुन् ।

सोमबार बेलुका मुसिकोट नगरपालिका १० बाट मुकुन्द रावल र प्रतिरुप बिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

पक्राउ परेका दुवै पार्टीको जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ । उनीहरु बन्दको दिन रा १ क ८७१ नम्बरको स्कुल बस तोडफोड गरेर भागेका थिए । तोडफोडमा संलग्न अन्य दुई जना फरार छन् ।

मुसिकोट नगरपालिका ४ सेरिगाउँमा रहेको न्यु मुन लाइट स्कुलको बस बिहीबार बेलुका ५ बजे तोडफोड भएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस