शिविरबाट ४१४ जना लाभान्वित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

शिविरबाट ४१४ जना लाभान्वित


प्रशासन संवाददाता

२७ फाल्गुन २०७५, सोमबार


 बझाङ । बझाङको थलारा गाउँपालिकामा संचालित दुई दिने शिविरबाट चार सय १४ जना घरदैलोमै सेवा पाएका छन् ।

जिल्ला प्रशासन कार्यालय बझाङले आइतबार र सोमबार संचालित नागरिकता तथा मतदाता नामावली शिविरबाट दुई सय एक जनालाई नागरिकता वितरण गरिएको छ भने दुई सय १३ जनाको मतदाता नामावली संकलन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए ।

नागरिकता वितरण गरिएका मध्ये एक सय २६ महिला तथा ७५ जना पुरुष रहेका छन् । त्यसैगरी ८८ जना पुरुष र एक सय २५ जना महिलाको मतदाता नामावली संकलन गरिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस