गोविन्दले लिएर आए ‘तिम्रै छेउ'(भिडियो सहित) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गोविन्दले लिएर आए ‘तिम्रै छेउ'(भिडियो सहित)


प्रशासन संवाददाता

२७ फाल्गुन २०७५, सोमबार


काठमाडौं । भुटानबाट जबरजस्ती शरणार्थी बन्न वाध्य पारिएका गोविन्द फुयाँलको जिन्दगीको आफ्नै कथाव्यथा छ। १७ वर्ष नेपालमा बिताएका उनले नेपालमै आफ्नो अध्ययन पूरा गरेका थिए । हाल अमेरिकामा भएका गायक ,संगीतकार फुयाँलका संघर्षका दिनहरु कुनै चलचित्र जस्ता लाग्छन् ।

संघर्षको बीचबाट माथि उठेका उनी आफ्नो लागि आफै गीत लेख्छन्, संगीत भर्छन् र गाउँछन् पनि । भारतको कोलकाताबाट बिसारदसम्मको कोर्स गरेका उनले भक्ति एल्बम भाग एक र दुई २०६० र २०६४ सालमा निकालेका थिए भने गजल एल्बम भने हालै विमोचन गरिएको छ।

केही दिन अघि उनले संगीत गरेको नयाँ गीत ‘तिम्रै छेउ’ उनको आफ्नै युट्युव च्यानल जिपी प्रोडक्सन मार्फत सार्वजनिक भएको छ। यस गीतमा भोला ढुंगानाको शब्द रहेको छ भने गोबिन्द फुयाँलको संगीत रहेको छ। गीतमा स्वर कर्म ग्याल्चन बमजनको रहेको छ ।

नोर्बु शेर्पाले गीतको एरेन्ज्मेन्ट गरेका हुन। मुस्ताङको रमणीय ठाउँमा शुट गरिएको भिडियोलाई लामा भाइले खिचेका हुन। यान्छु तामाङ र निरु तामाङको गीतको भिडियोमा अभिनय रहेको छ। बिक्रम दाहालको निर्देशनमा गीतको भिडियो तयार भएको हो।

हेर्नुस् भिडियो सहित:

प्रतिक्रिया दिनुहोस