विपद् व्यवस्थापन सामग्री हस्तान्तरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विपद् व्यवस्थापन सामग्री हस्तान्तरण


२७ फाल्गुन २०७५, सोमबार


भक्तपुर । नेपाली सेनाको सूर्यविनायकस्थित वीरदल गणले जिल्ला विपद् व्यवस्थापन समितिलाई १० लाख बराबरका विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ ।

नेपाली सेनाले आइतबार आयोजना गरेको विपद् व्यवस्थापन सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल प्रहरी र सशत्र प्रहरीलाई सामग्री हस्तान्तरण गरेको हो । नेपाली सेनाले रेस्क्यू रोप, सेफ्टी हेल्मेट, भर्‍याङ, लाइफ ज्याकेट, अग्नी नियन्त्रण यन्त्र, चेनसलगायतका सामग्री हस्तान्तरण गरेको छ ।

आइतबारदेखि नेपाली सेनाको भक्तपुरस्थित वीरदल गणले दुई दिने विपद् व्यवस्थापनसम्बन्धी तालीमसमेत सञ्चालन गरेको छ । भक्तपुर जिल्लामा आइपर्ने प्राकृतिक प्रकोप, बाढीपहिरो, आगलागीजस्ता विपद्को व्यवस्थापन तथा नियन्त्रणका लागि नेपाली सेना सशस्त्र र नेपाली प्रहरी गरी ६७ लाई विपद् व्यवस्थापन तालीमसमेत दिइएको छ ।

सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा र नेपाली सेनाको उपत्यका प्रितनापति शशी चन्द्रबहादुर सिंहले संयुक्तरुपमा सामग्री व्यवस्थापन स्टोरको उद्घाटनसमेत गरे । विपद् व्यवस्थापन सामग्री सहयोग गर्ने रोमन शिलाकारलाई नेपाली सेना वीरदल गणले सम्मानपत्र प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस