भारतमा अप्रिल ११ देखि मे १९ सम्म आमनिर्वाचन, ७ चरणमा मतदान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भारतमा अप्रिल ११ देखि मे १९ सम्म आमनिर्वाचन, ७ चरणमा मतदान


प्रशासन संवाददाता

२६ फाल्गुन २०७५, आइतबार


काठमाडौं । छिमेकी भारतमा अर्को महिनादेखि आमनिर्वाचन हुने भएको छ।

भारतका प्रमुख निर्वाचन आयुक्त सुनिल अरोराले आइतबार साँझ लोक सभाको चुनाव ७ चरणमा हुने जानकारी दिएका छन्।

पहिलो चरणको मतदान अप्रिल १मा हुनेछ भने सातौं चरणको मतदान मे १९ मा हुनेछ। विद्युतीय मतदान मेसिन प्रयोग गरेर हुने चुनावको मतगणना २३ बाट सुरू हुनेछ।

५४३ सदस्यीय लोक सभाको चुनावमा ९० करोड मतदाता सहभागी हुनेछन् भने १० लाख मतदान केन्द्र बनाइनेछन्।

प्रतिक्रिया दिनुहोस