अस्पतालमा शिशुको मृत्यु भएपछि स्वास्थ्यमन्त्रीको राजीनामा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अस्पतालमा शिशुको मृत्यु भएपछि स्वास्थ्यमन्त्रीको राजीनामा


२६ फाल्गुन २०७५, आइतबार


काठमाडौँ । अस्पतालमा भर्ना भएका शिशुहरुको मृत्यु भएपछि ट्युनिसियाका स्वास्थ्यमन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

राजधानी ट्युनिसको एक अस्पतालमा ११ नवजात शिशुको मृत्यु भएपछि स्वास्थ्यमन्त्री एबडरोफ चेरिफले राजीनामा दिएका हुन् ।

मार्च ७ र ८ तारिखको बीचमा सेप्टिक शकको कारण ११ बच्चाहरुको मृत्यु भएको थियो ।

प्रधानमन्त्री युसुफ छेडले औषधिलगायतका स्वास्थ्य उपकरण, सरकारी अस्पतालको सेवा र सरसफाइको विषयमा केन्द्रित रहेर अनुसन्धान सुरु गरिएको बताएका छन् ।

सार्वजनिक स्वास्थ्य सेवामा उत्तर अफ्रिकामा उत्कृष्ट मानिने ट्युनिसियाको चिकित्सा क्षेत्र राजश्वको एक प्रमुख स्रोतसमेत मानिएको छ ।

प्रतिक्रिया दिनुहोस