एक भारतीय सैनिकको अपहरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एक भारतीय सैनिकको अपहरण


२५ फाल्गुन २०७५, शनिबार


काठमाडौं । जम्मु कश्मीरको बडगाम जिल्लाबाट एक भारतीय सैनिक अपहरणमा परेका छन् । घरविदामा बसेकाबेला सैनिक मोहम्मद यासिन भट्टलाई चरमपन्थी समूहले अपहरण गरेको भारतीय मिडियाहरुले जनाए ।

एक महिनाको विदामा काजिपोरास्थित आफ्नो घर आएका भट्टलाई हतियारसहित आएका चरमपनथी समूहले अपहरण गरको जनाइएको छ । अपहरित भट्टको खाजीकार्य भइरहको अधिकारीहरुले जनाएका छन् ।

यस अघि भारततीय सेनाका एक जवान औरंगजेब पनि घर विदामा आएको बेला अपहरणमा परेका र केहदिन पछि उनको शव फेला परेको जनाइएको छ ।

कश्मीरमा भारत र पाकिस्तानबीच लामो समयदेखि द्वन्द्व चलिरहको छ । केही दिन अघि कशमीरको पलुवा जिल्लामा आतंकवादी समूहले भारतका ४० जना सैनिक मारेको समाचारमा उल्लेख छ । त्यसपछि भारत रपाकिस्तानबीच द्वन्द्व झन् चर्किएको भारतीय मिडियाहरुले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस