चलचित्र ‘प्रेमलीला’को दोस्रो ट्रेलर सार्वजनिक « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

चलचित्र ‘प्रेमलीला’को दोस्रो ट्रेलर सार्वजनिक


प्रशासन संवाददाता

२४ फाल्गुन २०७५, शुक्रबार


काठमाडौं। आगामी चैत्र ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेमलीला’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ।

चलचित्रको प्रदर्शन मिति नजिकिदै गर्दा यस चलचित्रका निर्माण युनिटले बिहीवार दोश्रो ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा माया, प्रेम र बदलाको भावलाई देखाइएको छ। सार्वजनिक दोश्रो ट्रेलरले दर्शकलाई हलसम्म सजिलै तान्नेमा निर्माण पक्ष ढुक्क देखिन्छन्।

अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको यस चलचित्रमा नायिका खड्काकै कथा, पटकथा तथा संवाद रहेको छ। चलचित्रलाई नानीमैया कार्की र फैजिल फिल्मसले निर्माण गरेको हो। चलचित्रलाई सुनिल मानन्धरले वितरण गर्दैछन्।

दीपशिखा खड्का र मौसम खड्कासंगै भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको यस चलचित्रमा सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतका कलाकारहरुको भूमिका रहेको छ।

हेर्नुस् ट्रेलर : 

Tags :
प्रतिक्रिया दिनुहोस