निजी स्रोतका शिक्षकका लागि एक करोड « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

निजी स्रोतका शिक्षकका लागि एक करोड


प्रशासन संवाददाता

२३ फाल्गुन २०७५, बिहिबार


बैतडी । पाटन नगरपालिकाले निजी स्रोतका शिक्षकको व्यवस्थापनका लागि रू एक करोड उपलब्ध गराउने भएको छ ।

नगरपालिकाभरका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकका लागि सो रकम उपलब्ध गराइने नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए ।

शिक्षकका लागि अभिभावकले चन्दा दिनुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले पहल गरिरहेको जनाइएकोे छ ।

नगरभरिका सामुदायिक विद्यालयमध्ये गाभिनुपर्ने विद्यालयलाई गाभेर निजी स्रोतका शिक्षकको व्यवस्थापन गरिने नगरका प्रवक्ता लोकबहादुर भण्डारीले बताए ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन यस्तो पहल भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस