संघीय नेपालको प्रशासनिक नक्सा सार्वजनिक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संघीय नेपालको प्रशासनिक नक्सा सार्वजनिक


प्रशासन विशेष ब्युरो

२३ फाल्गुन २०७५, बिहिबार


प्रशासनिक नक्सा

काठमाडौँ । सरकारले संघीय संरचनाअनुसारको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमाकुमारी अर्यालले बिहीबार काठमाडौँमा एक पत्रकार सम्मेलन गरी संघीय संरचना बमोजिमको प्रशासनिक नक्सा सार्वजनिक गरेकी हुन्।

नक्सामा सात वटा प्रदेश र सिमाना, ७७ वटा जिल्ला र सिमाना, अन्तर्राष्ट्रिय विमानस्थल, मुख्य नदी, खोला र ताल उल्लेख छ।

सबै प्रदेशको नामकरण नभइसकेकोले नक्सामा सबै प्रदेशको नाम उल्लेख गर्न नसकिएको बताउँदै मन्त्री अर्यालले प्रदेशको राजधानी र नाम पर्खेर बस्दा नक्सा सार्वजनिक गर्ने काममा ढिलाइ भएको पनि स्पष्ट पारिन् ।

उनले सिँहदरवारमा नक्सा हस्तान्तरण गरेसँगै क्रमशः प्रदेश र स्थानीय तहमा पनि हस्तान्तरण गर्दै लैजाने बताइन् ।

सरकारले सार्वजनिक गरेको उक्त नक्सा नापी विभागको वेबसाइट डीओएस डट जिओभी डट एनपी मा राखिएको छ। नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले विभागको वेबसाइटमा पनि सो नक्सा राखिएकाले त्यसैलाई आधिकारिक मानेर प्रयोग गर्न पनि सम्बन्धित सबै निकायलाई आग्रह गरे। २०१४ सालमा स्थापना भएको नापी विभागले २०३२ सालदेखि नेपालको नक्सा तयार पारी सार्वजनिक गर्न सुरु गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस