विप्लवको गाउँमा प्रहरी अपरेसन, स्थानीयले गरे प्रतिकार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विप्लवको गाउँमा प्रहरी अपरेसन, स्थानीयले गरे प्रतिकार


२३ फाल्गुन २०७५, बिहिबार


बुटवल । प्रहरीले विप्लवको गाउँमा सर्च अपरेसन सुरु गरेको छ । अवैध हातहतियार भएको सूचनाका आधारमा शिवराज नगरपालिका वडा नं. ९ शिवगढीमा प्रहरीले बिहीबार विहानै अपरेसन सुरु गरेको हो ।

विप्लव समूहका नेताको घरमा छापा मारी एसएमजी राइफल एक थान र त्यसमा लाग्ने म्यागेजिन ३ वटा, चाइनिज पेस्तोल एक थान र म्यागेजिन २ वटा, ४० मिटर तार र एक थान रिमोट पनि बरामद गरेको छ । प्रहरीले छापा मार्ने क्रममा भाग्न खोज्दा नेता दुर्गा बहादुर रोकायाको खुट्टामा गोली हानी पक्राउ गरेका छन् । खुट्टामा गोली लागेरघाइते रोकालाई उनलाई लुम्बिनी अञ्चल अस्पताल पर्‍याइएको प्रहरीले जनाएको छ ।

यस्तै विप्लवका भतिजाको घरमा छापा मार्दा स्थानीय बासीले प्रतिकार गरेका छन् । स्थानीयको प्रतिकारमा दुई प्रहरी जवान घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान अमर वली र पुतली चौधरी रहेका छन् ।

प्रतिकारमा स्कुलका विद्यार्थीले समेत सहभागी रहेको प्रहरीले जनाएको छ । प्रहरीले विप्लवको गाउँका शंकास्पद घरहरुमा छापा मारिरहेको छ ।

प्रतिक्रिया दिनुहोस