जेष्ठ ९ गते, २०७६

फेसबुक र ट्वीइटर बन्द नगरिएको मन्त्रालयद्वारा स्पष्ट

काठमाडौं । सरकारले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल बन्द हुने हल्लाको पछि नलाग्न अनुरोध गरेको छ ।

केही व्यक्तिले सरकारी लोगो र छापको दुरुपयोग गरेर सरकारले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल बन्द हुने हल्ला चलाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

झुटा सूचना फैलाउनेहरुलाई कारबाहीको प्रक्रिया सुरु भैसकेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले झुटा समाचारमा लाइक र शेयर नगर्न पनि सबैमा अनुरोध गरेको छ ।

 

प्रेस विज्ञप्ती

 

फाल्गुन १९ गते, २०७५ - १७ः२७ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg