‘जात्रै जात्रा’ को शुतिङ रिपोर्ट « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

‘जात्रै जात्रा’ को शुतिङ रिपोर्ट


प्रशासन संवाददाता

१९ फाल्गुन २०७५, आइतबार


काठमाडौं । ‘जात्रै जात्रा’मा अतिथि बने करिश्मा, निश्चल र सारा चलचित्र जात्रै जात्रामा सदाबहार अभिनेत्री करिश्मा मानन्धर, निर्देशक निश्चल बस्नेत र नायिका सारा शिर्पाइली केमियो भूमिकामा देखिने भएका छन् ।

‘माया पिरिम’ बोलको गीतमा फिल्मका मुख्य पात्र बिपिन कार्की र बर्षा राउतसँगै उनीहरुको पनि नृत्य छ ।

साथमा, फिल्मका अर्का कलाकार दयाहाङ राइ ,रविन्द्र झा र रविन्द्र सिंह बाँनियालाई पनि गीतमा देख्न सकिनेछ ।

कविराज गहतराजले कोरियोग्राफी गरिरहेको फिल्म जात्रै जात्रा को यो गीतमा मनिषा पोखरेल र निशान भट्टराइको स्वर छ भने लेखु सहयात्रीको शब्द र कृष्ण भारद्धाजको संगीत छ ।

छायाँकन शिवराम श्रेष्ठको छायांकन छ । प्रदिप भट्टराइले निर्देशन गरिरहेको फिल्मलाई रविन्द्र सिंह बाँनियाले निर्माण गरिरहेका छन् ।

यो फिल्म ‘जात्रा’को सिक्वेल हो । । फिल्म ‘जात्रै जात्रा’को लोक गीत छायांकन गरिएको छ । गीतमा फिल्मका नायक विपिन कार्की र नायिका वर्षा राउतसँगै सदाबहार नायिका करिश्मा मानन्धर, निश्चल बस्नेत र सारा शिर्पाइलीको पनि नृत्य रहेको छ ।

बैवाहिक माहोलको गीतमा करिश्मा, निश्चल र साराको नृत्य मात्र रहेको छ ।

यो फिल्मसँग जोडिन पाउँदा करिश्मा मानन्धरले खुशी व्यक्त गरिन् ।

उनले भनिन, ‘यो फिल्म कहिले प्रर्दशन हुन्छ भन्ने पर्खाइमा थिएँ ।

फिल्मको गीतमा आफुलाई पनि देख्न पाउने भएपछि झ्न उत्साहित भएको छु ।

प्रतिक्रिया दिनुहोस