बाढीका कारण २० जनाको मृत्यु, कैयौँ बेपत्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाढीका कारण २० जनाको मृत्यु, कैयौँ बेपत्ता


प्रशासन संवाददाता

१९ फाल्गुन २०७५, आइतबार


काबुल । मुसलधारे वर्षासँगै आएको ठूलो बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने अरु धेरै मानिस बेपत्ता भएका छन् ।

अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा विनाशकारी ठूलो बाढी आएको र त्यसबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

अधिकारीहरुले कम्तीमा १० जना अझै पनि बेपत्ता रहेको जनाएका छन् । बेपत्ता हुने र मृत्यु हुनेमा केही बालबालिका पनि रहेका छन् ।

देशको अधिकांश ठाउँमा अत्यधिक हिमपात पनि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस