मेरो सट्टामा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मेरो सट्टामा


१८ फाल्गुन २०७५, शनिबार


गर्दै गर्नु अलि–अलि आश, मेरो सट्टामा
राख्देउ धितो यहीँ निवास, मेरो सट्टामा

मलाई डाक्टरले बाँच्दैन भनिदियो तिमी
ढुक–ढुक गर्दै फेर्नु सास, मेरो सट्टामा

आफ्नो जिन्दगीमा मलाई जोड्दिनौ अचेल
कोही आयो की खास, मेरो सट्टामा

म रोएरै जिन्दगी बिताई दिउला प्रीया
बरु तिमी नै बाच अनि हास, मेरो सट्टामा

ए ! सरकार घरमा सबै रुन्छन खाडिबाट
बिन्ती नपठा भो मेरो लास, मेरो सट्टामा

Tags :
प्रतिक्रिया दिनुहोस