एलपी ग्यासमा उद्योगीको आन्दोलनका कारण उपभोक्ता समस्यामा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एलपी ग्यासमा उद्योगीको आन्दोलनका कारण उपभोक्ता समस्यामा


१८ फाल्गुन २०७५, शनिबार


काठमाडौं । एलपी ग्यास उद्योगीको आन्दोलनका कारण उपभोक्ता समस्यामा परेका छन् ।

गत बिहीबार उद्योगीहरुले सरकारलाई १० बुँदे माग राखि सातदिनभित्र माग पुरा गर्न अल्टिमेटम दिएका थिए । माग सम्बोधन नगरे बजारमा ग्यास पठाउन ठप्पपार्ने चेतावनी उद्योगीहरुले दिएका छन् ।

सरकारले माग को कुनै सम्बोधन नगर्दा बजारमा ग्यासको अभाव बढ्न थालेको छ ।

अहिले काठमाडौ उपत्यकासहित देशका प्रमुख शहरहरूमा ग्यास अभाव हुन थालेको छ। उद्योगीहरुको आन्दोललाई ग्यास बिक्रेताहरूले पनि साथ दिएपछि बिक्री वितरण कार्य प्रभावित बनेको छ।

नेपाल एलपी ग्यास उद्योग संघका निर्वतमान अध्यक्षले ग्यास बिक्री वितरण ठप्प पार्नु रहर नभई बाध्यता भएको बताएका छन् । उनले सरकारले लामो समयसम्म पनि आफूहरुको माग सम्बोधन नगर्दा बाध्य भएर आन्दोलन गर्नु परेको बताएका छन् ।

नेपाल एलपी ग्यास उद्योग संघले उद्योगको यर्थाथ सञ्चालन खर्च, ग्यास बिक्रेताको यथार्थ कमिसन, स्थानीय ढुवानी भाडा, उद्योगको कार्यगत नोक्सानी बिमा खर्च, मुनाफा तथा विक्रेता र वितरको उचित नाफा समिति गठन गर्नुपर्ने र यसबारे अध्ययन गरी प्रत्येक वर्ष कमिसन र खर्च समायोजन गर्नु पर्ने लगायत १० बुँदे माग राखेको छ।

संघले माग पूरा नभए आगामी बिहीबारदेखि ग्यासको (पीडीओ) खरिद नगर्ने  चेतावनीसँगै यही फागुन २२ गतेदेखि आन्दोलन गर्ने घोषणासमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस