बिन्दु शर्माको २ कृति एकसाथ बजारमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बिन्दु शर्माको २ कृति एकसाथ बजारमा


प्रशासन संवाददाता

१३ फाल्गुन २०७५, सोमबार


काठमाडौं । साहित्यकार बिन्दु शर्माको २ वटा कृतिहरु ओक्कल दोक्कल पिपल पात– कवितासङ्ग्रह र नेपाली समालोचनाका नवीन आयाम– समालोचनासङ्ग्रहको काठमाडौंमा एक कार्यक्रम बीच एकैसाथ लोकार्पण गरिएको छ ।

गत शनिवार राजधानीको आरआर क्याम्पसमा आयोजित कार्यक्रममा प्रमुख अतिथी त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा. सुधा त्रिपाठी, साहित्यकार ज्ञानु अधिकारी, शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेल लगायतले शर्माका कृतिहरुको लोकार्पण गरेको थियो ।

समालोचक ज्ञानु अधिकारीले कविता सङ्ग्रहमाथी समीक्षा गर्दै शर्माको पहिलो कवितासङ्ग्रह भएपनि निकै शसक्त भएको र यसले समाजमा व्याप्त नारी शोषणको घतलाग्दो तरिकाले चित्रण गरेको बताइन् । कविता लेख्न सजिलो छैन तर कविताको पहिलो प्रयासमै शर्मा यसमा तिखारिएको अधिकारीको टिप्पणी थियो ।

त्यसैगरि अर्का समीक्षक केशव सिलवालले पनि कवितामा अटाएका विविध विषय माथी टिप्पणी गरेको थियो ।  त्यस्तै शर्माको समालोचनासङ्ग्रह माथी समीक्षा गर्दै डा. अशोक थापाले उनको समालोचना शैलिमा देखिएका राम्रा तथा केही कमजोरीहरु औल्याएका थिए ।

प्रमुख अतिथी डा. सुधा त्रिपाठीले विन्दु शर्माले कवितामा व्यक्त गरेका भावहरु निकै कठोर र निर्भिक रहेको प्रतिक्रिया दिएका थिए । । उनले लेखक शर्मालाई सकारात्मक अर्थका छुच्ची लेखकको रुपमा व्याख्या गरेका थिए ।

उल्लेख्य दर्शकहरूको उपस्थिति रहेको कार्यक्रम शिखा बुक्स र तन्नेरी द्वैमासिक पत्रिकाले आयोजना गरेको थियो ।

शिखा बुक्सको प्रकाशन रहेको १०४ पृष्ठको कवितासङ्ग्रह ओक्कल दोक्कल पिपल पातको मूल्य १७५./– रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस