सुन्दर पन्तको सार्थक, नाता र अनामिका विमोचित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुन्दर पन्तको सार्थक, नाता र अनामिका विमोचित


प्रशासन संवाददाता

१२ फाल्गुन २०७५, आइतबार


काठमाडौं । गीतकार कवि तथा शिक्षाप्रेमी सुन्दर पन्तद्वारा रचित गिती सङ्ग्रह सार्थक, नाता र कविता सङ्ग्रह ‘अनामिका’ कृति वरिष्ठ गीतकार एवम्निर्देशक यादव खरेलबाट एक समारोह बिच विमोचन गरेका छन् ।

‘सार्थक’ एलवममा गायक राजेश पायल राई, शशी रावल, राज सिग्देल, धर्मेन्द्र सेवान हिमाल सागरको स्वरले सुसञ्जित छ । संगीतकार महेस खड्का, कल्याण सिंह, विपिन आचार्य, तारावीर पाण्डेको संगीत रहेका छन्। यसै गरी ‘नाता’ एलवममा मेलिना राई, रामकृष्ण ढकाल, कमल किरण, प्रमोद खरेल र सन्तोष रजौरेको सुमधुर आवाज रहेको छ ।

प्रमोद पन्त, सन्तोष रजौरे, विपिन आचार्य र कल्पाण सिंहको संगीतमा उक्त गीत सजिएको छ । उक्त दुवै गिती एलवममा ७ वटा आधुनिक गीत २ वटा लोक पपगीत र १ वटा स्वदेश गीत र २ वटा म्युजिक ट्रयाक समावेश गरिएको छ । त्यसैगरी गीतकार एवम्कवि सुन्दर पन्तको कविता सङ्ग्रह ‘अनामिका’ उक्त अवसरमा विमोचन गरिएको थियो । उक्त कृतिमा समसामयिक व्यङ्ग्य, यथार्थवादी, सामाजिक परिवेश समावेश गरी ३९ वटा कविता संकलित रहेको छ ।

उक्त कृतिमा भूमिका लेखन वरिष्ठ साहित्यकार एस.पी.आशा श्री प्रसाद घिमिरे र शुभकामना राष्ट्रकवि माधव घिमिरेको रहेको छ । उक्त गिती एलवममा गीत संगीतका बारेमा म्यूजिक रोयल्टी संकलन सोसाइटी नेपालका अध्यक्ष वरिष्ठ संगीतकार महेश खडका ज्यूबाट समिक्षात्मक टिप्पणी गरेका थिए भने कविताका विषयमा वरिष्ठ साहित्यकार एस’पी’ आसा र समालोचक कबि तथा गीतकार विश्व देबकोटाबाट टिप्पणी गरेका थिए ।

‘सार्थक’एलवममा मेहफिल, माया मायालुको भिडियो निर्माण भैसकेको छ भने नाता एलवममा रहेको गीत मध्ये, सीम सीम पानी, तिमीलाई जती हेरे पनि… को म्युजिक भिडियो निर्माण गरिएको छ । गीतकार सुन्दर पन्तका एलवम सार्थक र नाताको बारेमा गीतकार संघका अध्यक्ष चुडामणि देवकोटा, शुभकामना मन्तव्य राखेका थिए । सोही अबसरमा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले शुभकामना व्यक्त गरेका थिए ।

वरिष्ठ गीतकार एवम् प्रमूख अतिथि यादव खरेलबाट नेपाली गीत संगीतको बारेमा मन्तव्य राखेका थिए । कवि तथा गीतकार सुन्दर पन्त पेशाले शिक्षक छन् । उनको यो समेत तेस्रो गिती एलवम हो भने यसको बजार व्यवस्थापन एवम्प्रकाशन वैकुण्ठ मन प्रतिष्ठानले गरेको छ ।

प्रतिक्रिया दिनुहोस