भारतको कार्पेट कारखानामा विष्फोट हुँदा १० जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतको कार्पेट कारखानामा विष्फोट हुँदा १० जनाको मृत्यु


१२ फाल्गुन २०७५, आइतबार


भारत । भारतको उत्तर प्रदेशस्थित कार्पेट कारखानाको एक शाखामा शनिबार विष्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।

बादोही जिल्लास्थित कार्पेट कारखाना रहेको भवनमा गैरकानुनी रूपमा पटका बिक्री गरिँदै आएको प्राप्त प्रारम्भिक जानकारीमा उल्लेख छ। भवनमा शक्तिशाली विस्फोट भएको र भवनको भग्नावशेषमा केही अन्य व्यक्तिहरू फसेको हुनसक्ने प्रहरी महानिरिक्षक पियुस श्रीवास्तवले बताए।

उनले भने, ुघटना लगत्तै स्थानीयको सहयोगमा प्रहरीद्वारा तथा अन्य सरकारी र गैरसरकारी उद्धार समूहहरूले उद्धार कार्य गरेका थिए। घटनास्थलमा बम डिस्पोजल टोली पनि पुगेको थियो।ु

प्रहरीले विस्फोटको कारणबारे अनुसन्धान सुरू गरिसकेको छ। थप जानकारी अनुसन्धानपछि मात्र दिन सकिने उनले बताए। राससएएनआई

Tags :
प्रतिक्रिया दिनुहोस