उदाएनी लाखौं तारा जुनकै कमि भो
उराठियो दिन स्वस्छ मनसुनकै कमि भो
गल्ती भएछ पित्तल सँग हिरालाई दाँजेर ,
थाहा पाएँ आज यहाँ सुनकै कमि भो
डुबियो गहिराई सम्म पिरतिको समुन्द्रमा,
किन भयो खल्लो लाग्छ नुनकै कमि भो
देख्दैन किन अचेल त्यो मुहारमा खुशी ,
सायद उनलाई लगाएको गुनकै कमि भो
सबै भएर पनि नितान्त एक्लो भएको छु ,
जस्लाई सजायँ मुटुमा उनकै कमि भो