गजल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गजल


११ फाल्गुन २०७५, शनिबार


गर्ने त आँखिर मनै त हो
नसोच सबथोक धनै त हो

काकाकूलमा चराचरलाई
पानी दिने उहि बनै त हो

जति लगाउ फूर्ति बलको
पहिचानको ठाउँ रणै त हो

युवा र प्रौढ छुट्टिन्छ त्यसै
परिचय आँखिर तनै त हो

बर्षौ टिकेको शरीर पनि
जल्छ केवल क्षणै त हो।

जुँगामा ताउ दिन पाए नेताले
बलिदान शहिदको देनै त हो।

Tags :
प्रतिक्रिया दिनुहोस