विषाक्त मदिरा सेवनबाट भारतमा २५ मजदुरको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विषाक्त मदिरा सेवनबाट भारतमा २५ मजदुरको मृत्यु


११ फाल्गुन २०७५, शनिबार


गुवाहाटी । विषक्त मदिरा सेवन बाट भारतमा २५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १५ महिला र १० पुरुष रहेको जनाइको छ ।

भारतको उत्तरपूर्वी राज्य आसाममा भएको सो घटनामा मदिरा सेवन गरेको केही बेरमै सेवनकर्ताहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले जनाएको छ ।

गत दुई हप्ताभित्रमा भारतको उत्तरप्रदेश र उत्तराखण्डमा गरी विषक्त मदिरा सेवनका कारण झण्डै सय जनाको मृत्यु भइसकको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

मदिरा सेवनबाट मृत्यु हुनेमा अधिकांश मजदुरहरुनै रहेको जनाइएको छ ।

भारतको जोहार्त मेडिकल कलेजका वरिष्ठ डा.गणेश बोहराले मदिरा सेवन गरी विरामी परेकाहरुलाई बचाउने प्रयास गरियो तर सफल नभएको बताए । मदिरा सेवन गरेको कही घण्टा भित्रै मृतयु भएको डा. बोहराले बताए ।

स्थानीय मदिरा व्यापारीसँग घरेलु मदीरा खरिद गरी ल्याइ राति नै सेवन गरेको केह िसमयमा नै उनीहरु विरामी परेको त्यहाँका स्थानीयले बताएका छन् । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस