पाकिस्तानमा अविरल वर्षा र हिमपातबाट २८ को मृत्यु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

पाकिस्तानमा अविरल वर्षा र हिमपातबाट २८ को मृत्यु


प्रशासन संवाददाता

१० फाल्गुन २०७५, शुक्रबार


इस्लामाबाद । पाकिस्तानमा केही दिनयता परेको अविरल वर्षाको कारण देशका विभिन्न भूभागमा गरी कम्तीमा पनि २८ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमले शुक्रबार दिएको जानकारीअनुसार यसै हप्ताको शुरुबाट परेको अविरल वर्षा, आँधी र भीषण हिमपातको कारण ती २८ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको दक्षिणीपश्चिमी प्रान्त बलुचिस्तानममा मुख्यमन्त्री जामभ कमाल खानले सञ्चारमाध्यमलाई सो प्रान्तमा अविरल वर्षापछि आएको बाढीका कारण ४ व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् ।

यस प्रकोपपछि उद्धार कार्यका लागि ४ ओटा हेलिकोप्टरको प्रयोग गरिएको मुख्यमन्त्रीले बताएका छन् । खैबर पाख्तुनख्वा प्रान्तमा पहिरोमा परी र हिमपातको कारण कम्तीमा १४ व्यक्तिको मृत्यु भएको सो विज्ञप्तिमा जनाइएको छ ।

पाकिस्तान अधिनस्थ काश्मिरमा वर्षासँगै सम्बन्धित घटनामा परेर एक बालकको मृत्यु भएको छ । हिमपात र भारी वर्षाको कारण देशका कैयौँ पहाडी इलाकामा सडकहरू तथा विद्युतीय लाइनहरू पनि अवरुद्ध भएका छन् । रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस