दोस्रो स्वप्न वाटिका अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दोस्रो स्वप्न वाटिका अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न


प्रशासन संवाददाता

१० फाल्गुन २०७५, शुक्रबार


काठमाडौं । इनोभेटिभ स्कुल र नेरिक दोस्रो स्वप्न वाटिका कप बास्केटबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा इनोभेटिभ स्कुल र नेरिक च्याम्पियन बनेका छन् । इनोभेटिभले सिनियर गल्र्स र नेरिकले जुनियर ब्वाइजको उपाधि जिते ।

बुद्धनगर स्थित आयोजक स्वप्न वाटिका स्कुलको कोर्टमा भएको गल्र्स फाइनलमा इनोभेटिभले रिलायन्स स्कुललाई ३५–१२ ले पराजित गर्‍यो ।

इनोभेटिभकी शोभ्या महर्जनले ८ अंक जोडिन् । जुनियर ब्वाइजको उपाधि भिडन्तमा नेरिक एकेडेमीले स्वप्न वाटिका स्कुललाई २२–१३ ले पराजित गर्‍यो ।

नेरिक एकेडेमीका भुवन थापाले ११ स्कोर गरे ।

गल्र्समा इनोभेटिभकी जेनेभा महर्जन र ब्वाइजमा नेरिकका रबिन्द्र बोहरा ‘मोस्ट भृलुएबल प्लेयर’ घोषित भए ।

गल्र्समा सिर्जनशिल तथा जुनियर ब्वाइजमा साउथ पोइन्ट ले अनुशासित टिमको उपाधि हात पारे ।

यस प्रतियोगीतामा जम्मा सिनियर गल्र्समा १२ टिम र जुनियर ब्वाइज तर्फ ८ वटा टिम सहभागी थिए । उक्त प्रतियोगिता फागुन ४ गतेबाट १० गते सम्म चलेको थियो ।

विजेतालाई शिल्ड र प्रमाण पत्रले सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस