सुनको भाउ घट्यो, कति पुग्यो मूल्य ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुनको भाउ घट्यो, कति पुग्यो मूल्य ?


प्रशासन संवाददाता

१० फाल्गुन २०७५, शुक्रबार


काठमाडौं । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेको छ ।

सुन आज तोलाको ६२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन हिजो तोलाको ६३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । गएको बुधबार भने सुन तोलाको ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

यसअघि २०७० साल भदौ १२ गते सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सुनको भाउ ५ वर्षअघिकै अवस्थामा पुगेको थियो ।

यस्तै चाँदी आज तोलामा १० रुपैयाँ घटेर ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस