महिला विश्वकप छनोट : नेपालले शीर्ष स्थानको युएईलाई हरायो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महिला विश्वकप छनोट : नेपालले शीर्ष स्थानको युएईलाई हरायो


प्रशासन संवाददाता

१० फाल्गुन २०७५, शुक्रबार


काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले दोस्रो जित हात पारेको छ।

नेपालले शुक्रबार भएको आफ्नो तेस्रो खेलमा युएईलाई ७ विकेटले पराजित गरेको हो। जारी प्रतियोगितामा युएईले यसअघिका तीन खेलमा लगातार जित हात पारेको थियो। हारपछि पनि युएई ६ अंक जोडेर अंक तालिकाको पहिलो स्थानमै छ। नेपाल भने ४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ।

यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ३४ रनले हराएको थियो। दोस्रो खेलमा भने नेपाललाई आयोजक थाइल्यान्डले ५७ रनले पराजित गरेको थियो।

शुक्रबार बैंककमा भएको खेलमा युएईले दिएको ४२ रनको झिनो लक्ष्यले नेपालले १०.३ ओभरमा ३ विकेटको नोक्सानीमा भेट्टायो।

यूएईले प्रस्तुत गरेको ४२ रनको लक्ष्य नेपालले १०.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रुविना क्षेत्रीले नटआउट १८ रन बनाइन् ।

काजल श्रेष्ठले १५ र सीता राना मगरले ६ रन बनाइन् । अप्सरी बेगमले खाता खोल्न सकिनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले १७.३ ओभरमा सबै विकेट गुमाएर मात्र ४१ रन बनाएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा नेरी थापाले ४ विकेट लिइन् भने सीता राना मगर, करुणा कुँवर र सोनु खड्काले २–२ विकेट लिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस