काजी कालु पाण्डेको समाधी स्थल नेपालीको तिर्थस्थल : प्रम ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काजी कालु पाण्डेको समाधी स्थल नेपालीको तिर्थस्थल : प्रम ओली


प्रशासन संवाददाता

९ फाल्गुन २०७५, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काजी कालु पाण्डेको समाधी स्थल नेपालीको लागि तिर्थस्थल भएको बताएका छन् ।

काजी कालुपाण्डेको समाधिस्थलमा दहचोकमा आज आयोजित तेस्रो इन्द्रदह पर्यटन महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधामन्त्री ओलीले यहाँ आज पाण्डेको पूर्णकदको सालिक अनावरण गरेका छन् । । हरेक बर्ष आजका दिन प्रधानमन्त्री ओलीले यस ठाउँमा गएर कालु पाण्डेप्रति श्रद्धान्जली ब्यक्त गरे ।

चन्द्रागीरी नगरपालिका १ का रहेको यस ठाउँमा प्रधानमन्त्री ओलीले गतबर्ष पाँचतले भ्यू टावर शिलान्यास गरेका थिए । टावरको दुई तल निर्माण भइसकेको छ ।

यसैगरी प्रधानमन्त्री ओली गतबर्ष नै कंलकी – दहचोक सडकको स्तरोन्नती हुने घोषणा गरेकोमा यस बर्ष काम धमाधम भइरहेको छ । यसैगरी यहाँ मनकामाना मन्दिरको पुनर्निमार्ण भइसकेको छ भने इन्द्र दहको पुनर्निमार्णको काम भइरहेको छ ।

प्रधानमन्त्री ओलीले दहचोकलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् । नेपाल एकिकरणका एकजना सारथी पाण्डेले ४४ बर्षको उमेरमा नेपाल एकिकरणका लागि जीवन आहुती दिएर असाधरण योगदान गरेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

‘हाम्रा पूर्खाहरुले ज्यान दिएर देश बचाए हामीले ज्यान दिनु पर्दैन अडानमा बसे मात्र पुग्छ’ प्रधानमन्त्री ओलीले भने,’राष्ट्रको पहिचानको निमती,राष्ट्रको रक्षाका निम्ती त्यो एकिकरण भएको थियो । यसलाई जोगाउन हामीमा एकता चाहिन्छ ।’

 

 

प्रतिक्रिया दिनुहोस