नेकपा कार्यदलसहितको सचिवालय बैठक बालुवाटारमा जारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेकपा कार्यदलसहितको सचिवालय बैठक बालुवाटारमा जारी


९ फाल्गुन २०७५, बिहिबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यदलसहितको सचिवालय बैठक बालुवाटारमा जारी छ । बैठक बिहान ९ बजेदेखि शुरु भएको हो । पार्टीको सांगठनिक एकीकरणको प्रस्ताव तयार गर्न गठित कार्यदलका सदस्यहरुसँगै सामुहिक छलफल हुने बताइएको छ ।

सोमबार बसेको सचिवालय बैठकले कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गरेको थियो । आजको बेठकपछि पार्टीको आवश्यक निर्णय गरिने नेकपाले जनाएको छ ।

गत पुष १३ मा ९ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापन ‘बादल’ संयोजक थिए । कार्यदलको महासचिवमा विष्णु पोडेल थिए । स्थायी सदस्यहरुमा शंकर पोखरेल, सुरेन्द्र
पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ थिए ।

गत माघ २१ गत बसेको सचिवालय बैठकले कार्यदललाई प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । तर कार्यदलले सोमबार बसेको सचिवालय बैठकमा आफ्नो प्रतिवेदन बुझाइ छलफ शुरु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस