प्रविधिको विकाससँगै हुलाक सेवाको प्रभावकारिता घट्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रविधिको विकाससँगै हुलाक सेवाको प्रभावकारिता घट्दै


८ फाल्गुन २०७५, बुधबार


अमरगढी । सञ्चारको क्षेत्रमा लामो इतिहास बोकेको हुलाक सेवा आजभोलि प्रभावकारिता घट्दै गएको छ । इन्टरनेट तथा विभिन्न सञ्चार सेवामा पहुँच बढ्दै जाँदा हुलाक सेवाको पहुँच घट्दै गएको हो ।

सूचना–प्रविधिको विकासले फड्को मार्दा हुलाकमार्फत चिठीपत्र पठाउने प्रचलन हराउँदै गएको छ ।

टेलिफोन, इन्टरनेट र फ्याक्सलगायत अहिले आएर सबैको हातहातमा मोबाइल फोन सर्वसुलभ भएपछि हुलाकबाट आफन्तलाई चिठीपत्र पठाउने प्रचलन हराउँदै गएको हो ।

चिठीपत्रको भन्दा इन्टरनेटभित्र पनि फेसबुक च्याट, भाइबर, स्काइपबाट आफन्तसँग प्रत्यक्ष कुराकानी गर्न सकिने हुँदा यस्को प्रभावकारिता घटेको बताइन्छ ।

घरायसी वा व्यक्तिगत चिठीपत्र पठाउने काम धेरै घटेपछि अहिले सरकारी कार्यालयका चिठीको भरमा डडेल्धुरा जिल्ला हुलाक कार्यालय सञ्चालन भइरहेको छ ।

करिब २५० चिठीपत्र आउने गरेकामा अहिले एकदर्जन चिठीपत्र मात्रै हुलाकमार्फत आउने गरेका जिल्ला हुलाक कार्यालयका हल्कारा नारायणदत्त जोशीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस