अमेरिकामा गोली हानी ३ बालबालिकासहित चारको हत्या « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अमेरिकामा गोली हानी ३ बालबालिकासहित चारको हत्या


७ फाल्गुन २०७५, मंगलबार


शिकागो । अमेरिकाको मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विबादका क्रममा गोली हानाहान भएको छ ।

सोमबार अपरान्ह भएको गोलीकाण्डमा परी तीन बालबालिका र एक महिला गरी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

मिचिगन राज्यको उत्तरी भागमा पर्ने केन्ट काउन्टीमा यो घटना भएको हो । अधिकारीहरुले थप विवरण दिन अस्विकार गरेका छन् ।

उनीहरुले सर्वसाधारणलाई भने यसबाट कुनै खतरा नरहेको बताएका छन् । गोली हान्नेलाई नछाडीने उनीहरुको भनाई छ ।

घटनाका बारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस