प्रधानमन्त्री ओली आज र भोली सुदूरपश्चिमका विभिन्न कार्यक्रममा सहभागी हुने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्री ओली आज र भोली सुदूरपश्चिमका विभिन्न कार्यक्रममा सहभागी हुने


७ फाल्गुन २०७५, मंगलबार


प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

काठमाडा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज र भोली सुदुरपश्चिमका विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागीता जनाउने भएका छन् ।

प्रधानमन्त्री ओलीले आज धनगढी हुदै डडेलधुराको स्याउलेमा रहेको विद्युत् सव स्टेशनको दिउसो २ बजे उद्ध्घाटन गर्ने कार्यक्रम छ । यस्तै आजै दिउसो साढे ३ बजे डोटीको विपी नगरमा सहजपुर–बोक्टान सडकको शिलान्यास गर्ने कार्यक्रम छ ।

भोली सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई बिहान ९ बजे सम्बोधन गर्ने कार्यक्रम छ । भोली नै दिउसो ११ः३० बजे नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)का सुदुरपश्चिम स्तरीय कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली भोली नै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस