अख्तियारले थाल्यो राजनारायण पाठकमाथि अनुसन्धान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अख्तियारले थाल्यो राजनारायण पाठकमाथि अनुसन्धान


७ फाल्गुन २०७५, मंगलबार


अख्तियार

काठमाडौँ । घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक विरुद्ध आयोगले अनुसन्धान थालेको छ ।

सहसचिवको नेतृत्वमा गठित तीन सदस्यीय टोलीले अनुसन्धान सुरु गरेको आयोगले जनाएको छ ।

अख्तियारले सोमबार महान्यायाधिवक्ताको कार्यालयसँग राय लिएर अनुसन्धान सुरु गरेको हो ।

नेपाल इन्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार मिलाइदिने सर्तमा उनले ७८ लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएपछि पाठकले गत शुक्रवार पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस