करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु


७ फाल्गुन २०७५, मंगलबार


बैतडी । करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–६ का ५५ वर्षीय भानसिंह खत्री छन् ।

बिहान पौने ८ बजे स्थानीय सुर्नयागाड जलविद्युत्को विद्युत्गृहमा फ्युज हाल्न गएका बेला करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । प्रहरीको टोली घटनास्थल पुगेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस