दशकौं देखिको विकास र समृद्धिको नेपाली चाहना पुरा हुने विन्दुमा : प्रम ओली « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

दशकौं देखिको विकास र समृद्धिको नेपाली चाहना पुरा हुने विन्दुमा : प्रम ओली


प्रशासन संवाददाता

७ फाल्गुन २०७५, मंगलबार


प्रजातन्त्र दिवश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौं देखिको विकास र समृद्धिको नेपाली चाहना अब पुरा हुने विन्दुमा आइपुगेको बताएका छन् ।

६९ औं प्रजातन्त्र दिवशका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका छन् ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको बताएका छन् ।

‘ निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अब गरिबी, वेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासकाविरुद्ध केन्द्रित भएका छौं ‘प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् ।

‘ हामी आर्थिक विकास र सामाजिक न्याय सहितको परिपूर्ण लोकतन्त्रको दिशामा अग्रसर छौं । ‘

२००७ साल फागुनमा आजकै दिन जहाँनिया राणा शासनको अन्त्य भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्र प्राप्तीको उक्त आन्दोलनमा शाहदत प्राप्त गर्ने सबैमा श्रद्धान्जली व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले जनताको त्यही बलिदानीले देश अहिले नयाँ प्रणाली,नयाँ परिपाटी र नयाँ संविधानको अभ्यासमा रहेको उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस