११ हजार ८३ जना सुब्बा, खरिदारको समायोजन सूची सार्वजनिक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

११ हजार ८३ जना सुब्बा, खरिदारको समायोजन सूची सार्वजनिक


प्रशासन विशेष ब्युरो

६ फाल्गुन २०७५, सोमबार


समायोजन

काठमाडौँ । सरकारले नायव सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक गरेको छ ।

सोमबार साँझ सार्वजनिक सुचीअनुसार नायव सुब्बा र खरिदार गरी ११ हजार ८३ जनाको सूची सार्वजनिक गरेको हो । समायोजित कर्मचारीको सूची समायोजन डट जीओभी डट एनपीमा हेर्न मिल्ने गरी राखिएको छ ।

जसमा ६ हजार चार सय ७७ जना नायव सुब्बा र चार हजार ६ सय ६ जना खरिदारको समायोजन भएको छ ।

स्रोतबाट प्रशासनलाई प्राप्त जानकारीअनुसार समायोजन भएका नायव सुब्बामध्ये सामान्य प्रशासनतर्फ ५ हजार ८ सय २ रहेका छन् भने राजश्व तर्फ ६ सय ७५ जना रहेका छन् ।

जसमध्ये सामान्य प्रशासनतर्फ तीन हजार ३ सय १० जनाले सङ्घ, एक हजार एक सय ५९ जनाले प्रदेश र एक हजार तीन सय ३३ जनाले स्थानीय तह रोजेका छन्

त्यसै गरी राजश्वतर्फका ६ सय ७१ जनाले सङ्घ रोजेका छन् भने ४ जना प्रदेश रोजेका छन् ।

त्यस्तै समायोजन भएका प्रशासन सेवा/सामान्य प्रशासन समूहका चार हजार ६ सय ६ जना खरिदारमध्ये सङ्घमा तीन हजार एक सय १४, प्रदेशमा तीन सय ७८ र एक हजार एक सय १४ जनाले स्थानीय तह रोजेका छन्

यससँगै सोमबार साँझसम्म समायोजन भएका कर्मचारीको सङ्ख्या १८ हजार चार सय २४ पुगेको छ । यसमध्ये सङ्घमा १२ हजार सात सय ८६, प्रदेशमा दुई हजार चार सय ४८ र प्रदेशमा तीन हजार एक सय ९० जना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस