मेयर कप ब्याडमिन्टनको उपाधि आयोजकलाई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मेयर कप ब्याडमिन्टनको उपाधि आयोजकलाई


प्रशासन संवाददाता

६ फाल्गुन २०७५, सोमबार


दमौली । व्यास नगर ब्याडमिन्टन क्लबले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि आयोजकले जितेको छ ।

आज भएको सिनियरतर्फको फाइनल खेलमा शुक्लागण्डकी नगरपालिकाको टिमलाई पराजित गर्दै आयोजकले प्रतियोगिताको उपाधि जितेको हो ।

आयोजक टिमको तर्फबाट वुद्धिमान प्रधान र सञ्जीव श्रेष्ठले शुक्लागण्डकी टिमका कमल राना र सुरज लाम्जालीलाई २–० को सोझो सेटले पराजित गर्दै उपाधि जितेका छन् ।

उपाधिसँगै प्रथम हुने प्रधान र श्रेष्ठले नगद रु ३५ हजारका साथै ट्रफी तथा द्वितीय हुने राना र लाम्जालीले नगद रु २० हजारका साथै ट्रफी प्राप्त गरेका छन्।

प्रतियोगितामा शुक्लागण्डकीकै सोम थापा र देव गुरुङ तथा व्यास नगरपालिकाका धनबहादुर गुरुङ र कुमार गुरुङको समूह सान्त्वना हुन सफल भएको छ । उनीहरुले समेत नगद रु ७/७ हजार प्राप्त गरेका छन् ।

जुनियरतर्फको खेलमा व्यासका पूर्णबहादुर श्रेष्ठ र सुदीप न्यौपाने प्रथम भएका छ भने रिसिङ गाउँपालिकाका पदम खाँण र सागर थापा द्धितीय भएका छन् ।

उनीहरुले क्रमशः रु १५ हजार र रु १० हजार प्राप्त गरेका छन् । आइतबारदेखि शुरु भएको प्रतियोगितामा २८ समूहको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस