नेकपा सचिवालयको बैठक बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेकपा सचिवालयको बैठक बस्दै


६ फाल्गुन २०७५, सोमबार


काठमाडौं । लामो समय पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज बस्दै छ ।

भातृ संगठनहरुको एकीकरणका विषयमा सहमति जुटाउन बैठक बस्न लागेको हो ।

पुष मसान्तभित्रै संगठनहरुको एकीकरणको काम सक्ने गरी आवश्यक सुझाव पेस गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा ९ सदस्यीय कार्यदल बनाइएको थियो। सहमति नजुटेपछि सचिवालयले दुई साताअघि नै प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो। सदस्यहरुबीच सहमति नजुट्दा सुझाव कार्यदलले हालसम्म पनि प्रतिवेदन बुझाउन सकेको छैन।

महासचिव पौडेलको संयोजकत्वमा रहेको कार्यदलमा रामबहादुर थापा ‘बादल’ शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, सुरेन्द्र पाण्डे र बेदुराम भुसाल सदस्य छन्।

Tags :
प्रतिक्रिया दिनुहोस